राष्ट्रपति भण्डारी विराटनगर आउने भएकाले आज बिहानैदेखि बिराटनगरको सुरक्षा व्यवस्था कडा

राष्ट्रपति भण्डारी विराटनगर आउने भएकाले आज बिहानैदेखि बिराटनगरको सुरक्षा व्यवस्था कडा

विराटनगर कार्तिक ६ , बिशिस्ट अतिथिहरु आज बिराटनगर आउने भएकाले बिराटनगरको सुरक्षा व्यवस्था आज बिहानैदेखि कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर आउँदै हुनुहुन्छ । उहाँ ११ बजे विराटनगरमा आई पुग्नु हुने कार्यक्रम रहेको छ । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको जेष्ठ नागरिक महोत्सव २०७३ को लागि उहा लगायतका अतिथि बिराटनगर आउन लाग्नु भएको हो  ।

कार्यक्रम अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकोप्टरबाट आउनु हुने छ ।   उहा सप्तरी स्थित छिन्नमस्ता मन्दिर दर्शनपछि कोशीटप्पु बन्यजन्तु आरक्षमा ओर्लनु हुनेछ । खाना खाएर ११ बजे बिराटनगर जैन भवनमा हुने उहाँ ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी भई दिउँसो २ बजे काठमाडौ फर्कने जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्