‘इलामका पर्यटकीयस्थल भरिभराउ’

<span class='c1'>‘इलामका पर्यटकीयस्थल</span> <span class='c2'>भरिभराउ’</span>

इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका धार्मिक तथा पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएका हुन् ।

कन्यामबाट दार्जिलिङ हुँदै सिक्किम, कालेङपोङ भएर नेपाल फर्कने र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक अधिक छन् । सूर्याेदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडामा पनि पर्यटकको बाक्लै उपस्थिति छ । हेटौँडाबाट आउनुभएकी अस्मिता खड्काले अन्तुडाडाँबाट सूर्योदयको दृश्यावलोकन राम्रो भएको बताउनुभयो ।

तराई र पश्चिमी जिल्लाका साथै विदेशी पर्यटक यतिबेला कन्यामसँगै माईपोखरी, टोड्के झर्ना हुँदै छिन्टापु, सन्दकपुरसम्म जाने पर्यटक धेरै भएको पर्यटन व्यवसायीसमेत रहनुभएका पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो । गत वर्षमा विदेशी पर्यटकको आवागमन पनि कम रहेको इलाममा यो वर्ष भने निक्कै बाक्लो उपस्थिति देख्दा पर्यटन व्यवसायी हर्षित छन् ।

“यहाँ दैनिक चार/पाँच सयको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउन थालेका छन्”, कन्याम इनका होटल सञ्चालक टीका ओडारी भन्नुहुन्छ, “कहिलेकाहिँ त पर्यटकका सवारीसाधनले मेची राजमार्ग नै अवरूद्ध हुने गरेको छ ।” कन्याम आउने पर्यटकले हरियाली कन्याम, कञ्चनजङ्घा हिमालको दृश्यावलोकन गर्ने गरेका छन् भने घोडामा चढेर हरियाली क्षेत्रको अवलोकन गर्ने गरेका छन् ।

कन्याम आइपुगेका पर्यटक फिक्कल हुँदै पशुपतिनगरबाट भारततर्फ जाने भएकाले धेरै पर्यटक सदरमुकामतिर भने आउँदैनन् । पर्यटकीयस्थल सन्दकपुरमा पनि दैनिक तीन सयको हाराहारीमा पर्यटक आउने गरेको शेर्पा च्यालेट होटलले जनाएको छ । यहाँबाट सूर्याेदय, सूर्यास्त, कञ्चनजङ्घा हिमाल, पाँचथर, ताप्लेजुङ तथा भारतको विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्