टंकीसिनवारीमा एम्बुलेन्स र पिकअप भ्यान आपसमा ठोक्किदा दुई घाइते

 टंकीसिनवारीमा एम्बुलेन्स र पिकअप भ्यान आपसमा ठोक्किदा दुई घाइते

मोरङ, कात्तिक ९ गते।

मोरङको टंकीसिनवारी-१ कोशी राजमार्गमा सोमबार एम्बुलेन्स र पिकअप भ्यान आपसमा ठोक्किदा दुई जना घाइते भएका छन्।

उत्तरबाट दक्षिण जादै गरेको को १ च ५२३५ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आउँदै गरेको को १ ज १८२५ नम्बरको पिकअप भ्यान दिउँसो २ बजेतिर आपसमा ठोक्किएको थियो।

दुर्घटनामा एम्बुलेन्समा सवार सप्तरी राजविराज-९ बस्ने विष्णु कुमार यादव र सखडा-१ बस्ने राम साह घाइते भएका छन्। घाइते दुवैको लाईफ गार्ड अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्