नोबेल अस्पताल अगाडि यात्रु ठग्दै सिटि सफारी

नोबेल अस्पताल अगाडि यात्रु ठग्दै सिटि सफारी

बिराटनगर कार्तिक १० , बिराटनगर-५ कंचनबारी स्थित नोबेल अस्पताल अगाडि बसेका सिटि सफारीले यात्रुलाई मनपरि भाडा लिएर ठग्ने गरेको पाइएको छ । अस्पतालको मुख्य गेट अगाडि बसेका सिटि सफारी चलकले अस्पतालबाट अन्यत्र जानुपर्ने यात्रुलाई मनपरि भाडा लिने गरेका छन् । सामान्यतया महेन्द्र चोकबाट नोबेल अस्पताल जादा ४०/५० रुपैयाँ मात्रै लाग्छ तर नोबेल अस्पताल अगाडिको सिटि सफारीबाट त्यहीँ ठाउँ(महेन्द्र चोक) फर्कन भने सफारीले १०० देखि १२० रुपैयाँ सम्म लिने गरेका छन् । त्यहा गएर भाडा सोध्ने हो भने हाम्रो संगठनले उक्त भाडा तोकेको र सफारी पनि पालो सिस्टममा मात्रै जान पाउने सफारी चालक बताउँछन् । बिराटनगर-१६ बखरी गएको भाडा सोध्दा एक जना बराबरको भाडा १७५ रुपैयाँ बताए सफारी चालकले । भाडा किन यत्रो बढि भनी प्रश्न गर्दा उनिहरुले रुखो स्वरमा "जाने भए जानुस नत्र हिड्दै जानू" भन्ने जवाफ दिए । त्यहीं अन्य सफारी चालकलाई यात्रु बोक्न नदिइने रहेछ , उनिहरुको संगठन बाहेक अन्यलाई यात्रु बोक्न निषेध गरिएको एक सफारी चालकले बताए । संगठन मै रहेका अन्य चालकले पनि आफ्नो मर्जीले सफारी कुदाउन पाउदैनन् , उनिहरुलाई संगठनले जति रेट भन्यो त्यति र जति बेला पालो हो भन्यो त्यो बेला मात्रै हिड्न पाउछन् । नोबेल अस्पतालबाट महेन्द्र चोक गएको ४०-५० रुपैया मात्रै भएको तर त्यहाँ केही सफारी चालकले दादागिरी गरि यात्रु ठग्ने तथा यात्रुलाई नराम्रो शब्द बोल्ने गरेको यात्रुहरूले गुनासो पोखे । यसरी दैनिक सयौं सर्वसाधारण जनतालाई सिटि सफारीले ठग्दै आएका छन् । यस्ता सफारी चालकलाई नियमन कस्ले गर्ने? सिन्डिकेटको भरमा यात्रुलाई यसरी खुलेआम ठग्दा पनि किन अनुगमन हुन सक्दैन ? सम्बन्धित निकायलाई यस विषयमा चासो दिन हाम्रो पनि माग छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्