बिराटनगरमा शनिबार अमर युवा क्लबक‍ो सांगीतिक कार्यक्रम हुने

बिराटनगरमा शनिबार अमर युवा क्लबक‍ो सांगीतिक कार्यक्रम हुने

बिराटनगर कार्तिक ११, अमर सेवा समिति अन्तरगत रहेको अमर युवा क्लबको आयोजनामा बिराटनगरमा शनिबार (कुकुर तिहार) को दिन तिहार तथा छठ पर्वको उपलक्ष्यमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा संकल्प ब्याण्ड , गायक नितिन गजुरेल लगायत स्थानीय कलाकारको प्रस्तुति हुनेछ । अमर टोलका साथै अन्य युवा कलाकारलाई प्रोत्साहन गर्न कार्यक्रम हुन लागेको आयोजकले बताएका छन् । कार्यक्रम बिराटनगरको अमर टोलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्