प्रेश सेन्टर नेपालको शुभकामना आदनप्रदान तथा बधाई कार्यक्रम

प्रेश सेन्टर नेपालको शुभकामना आदनप्रदान तथा बधाई कार्यक्रम

विराटनगर, ११ कार्तिक ÷ प्रेश सेन्टर नेपालको हालै सम्पन्न केन्द्रीय महाधिवेशन तथा १ नम्बर प्रदेशबाट निर्वाचित हुने पदाधिकारीलाई सम्मान गरिएको छ ।
प्रेस सेन्टर मोरङले आज विराटनगरमा दिपावली तथा छठको शुभकामना आदनप्रदान तथा बधाई कार्यक्रम आयोजना गरि निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपालको केन्द्रीय सचिब विवेक गौतम, सदस्यमा नबराज कट्टेल, अप्सरा निरौला, प्रदेश नम्बर एकको उपाध्यक्ष विनोद घिमिरे र सदस्य विनु तिम्सिनालाई कदर पत्रले नेकपा माओवादीको सचिबालय सदस्य सावित्रीकुमार काफ्ल सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य गणेश लम्साल, नेकपा माओवादीक केन्द्र मोरङको इन्चार्ज कुशल लिम्बू , नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष महेन्द्र विष्ट, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरे, प्रेस चौतारी नेपालको केन्द्रीय लेखा संयोजक बिक्रम लुइटेल, क्रियाशिल महिला समूह केन्द्रीय सदस्य ललिता भट्टराईलगायले शुभकामना दिनुभएको थियो । सेन्टरका अध्यक्ष गोकुल पराजुलीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्