सोनापुरका किसानद्वारा जिल्ला कृषि विकास कायार्लयबाट पाउने कुनैपनि सेवा सुबिधा नपाएको गुनासो

सोनापुरका किसानद्वारा जिल्ला कृषि विकास कायार्लयबाट पाउने कुनैपनि सेवा सुबिधा नपाएको गुनासो

सुमन सुस्केरा
बिराटनगर, कात्तिक ११
सुनसरीको सोनापुरका किसानले जिल्ला कृषि विकास कायार्लयबाट पाउने कुनैपनि सेवा सुबिधा नपाएको गुनासो गरेका छन् । गाउँ विकास समितीको कार्यालय सोनापुरले आयोजना गरेको सार्बजनिक सुनुवाईका क्रमममा गाउँ विकास समितिका योजना प्रभावकारी भएको भएपनि किसानलाई आबस्यक प्रबिधि र सिपको बारेमा कुनैपनि जानकारी नपाएको बताएका हुन । सहभागि सोनापुर गाविसवासीले जिल्ला कृषि विकास कार्यालयबाट पाउने सेवा सुबिधा नपाएकोले त्यस बारेमा पहल गरीदिन गाविस सचिव समक्ष आग्रह गरेका थिए ।
आर्थिक बर्ष २०७२÷७३को समिक्षा तथा चालु आर्थिक बर्षको कार्यक्रमको बारेमा गाउँवासीलाई जानकारी गराउन आयोजित सार्बजनिक सुनुवाई कार्यक्रममा गाविस सचिव कुमार बरालले गत आर्थिक बर्षको अन्त्य सम्ममा एक करोड १६ लाख १४ हजार खर्च भएको जानकारी दिनुभएको थियो । जसमा लक्षित बर्गको बजेट ६ लाख २६ हजार तिनसय ४० रुपैया खर्च भएको जानकारी दिईएको थियो ।
स्वीकृती भएका कार्यक्रममा वडा नम्बर ९ को एउटा योजना बाहेक ४४ वटा योजना नै पुरा भएको सचिव बरालले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको अन्त्य सम्ममा २९ वटा मझौला खालका योजना तथा अन्य केही साना योजनाहरु पुरा गरेको गाविसले सार्वजनिक सुनुवाईको क्रममा चालु आर्थिक बर्षको लागि ३५ वटा योजना परेको जानकारी दिईएको थियो ।
जागरण नेपा क्षेत्रीय कार्यालय विराटनगरको सहकार्यमा सोनापुर गाविसे आयोजना गरेको कार्यक्रममा सोनापुर गाविसमा जागरण नेपालले मात्र महिलाको अधिकार प्रबद्र्धन तथा सहभागिताको क्षेत्रमा करिब ९ लाख ४९ हजार खर्च गर्दै आएको छ । जागरण नेपालकी कार्याक्रम संयोजक प्रतिक्षा बस्नेतले उल्लेखित बजेट महिला अधिकार र हिंसा न्युनिकरणको पाटोमा खर्च हुने गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्