काठमाडौं ओर्लिए भारतीय राष्ट्रपति प्रणव मुखर्जी

काठमाडौं ओर्लिए भारतीय राष्ट्रपति  प्रणव मुखर्जी

१७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि बुधबार नेपाल आएका छन् ।

मुखर्जीको स्वागतका लागि राष्ट्रपति विद्या भण्डारी आफै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेकी छन् । उनले अति विशिष्ट कक्षमा मुखर्जीलाई स्वागत गरेकी छन् । मुखर्जीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अतिविशिष्ट कक्षमा पुगेका छन् ।

मुखर्जी आउनुभन्दा अघिदेखि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द गरिएको थियो । मुखर्जी विमानस्थलबाट नबाहिरुन्जेलसम्म विमानस्थल बन्द नै रहने छ ।

१८ वर्षपछि भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सुरक्षा प्रवन्धको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

त्यसबाहेक भारतीय कमाण्डोको विशेष टोली पनि मुखर्जीसँगै नेपाल आएको छ ।

-अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्