लिटल कोशीका प्रतियोगीले देखाए प्रतिभा

<span class='c1'>लिटल कोशीका प्रतियोगीले</span> <span class='c2'>देखाए प्रतिभा</span>

प्रेम देवान
विराटनगर १७ कात्तिक । जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरले आयोजना गरेको लिटल कोशीका प्रतियोगीहरुले ट्यालेण्ड राउण्ड अन्तर्गत आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । अडिसनबाट छानिएका २२ जना लिटल कोशीका प्रतियोगीहरुले नृत्य, गीत र कराते शो जस्ता बुधबार विराटनगरको महेन्द्र होटलमा आ– आफनो प्रतिभा देखाएका थिए । दशै र तिहारको विदामा रहेका स्कुलले बालबालिकालाई पढाई प्रति लक्षित गर्दै तथा विद्यार्थीहरुको खेरा गईरहेको समयलाई सदुपयोग गर्न मिस्टर एण्ड मिस लिटल कोशीको पहिलो सिजन गरीएको जय मिडीया मेनेजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए । जय मिडीयाले विशेष गरी स्कुलले विद्यार्थी ५ बर्ष देखी १५ बर्ष उमेरका सानसाना बालबालिकाहरुमा भएको प्रतिभालाई प्रस्फ्टन गराउने उद्देस्य रहेको पनि निर्देशक रायले बताए । मिस्टार एण्ड मिस लिटल कोशीका विजेताहरुले नगद ३५ हजार, २५ हजार र २० हजार साथमा विभिन्न सव टाईटलको साथमा बहुमुल्य गिप्ट ह्यापर पनि पाउने छन् । मिस्टर एण्ड मिस लिटल कोशीको फाईनल राउण्ड आगामी कात्तिक २७ गते हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिले केही समय अगाडी मिस्टर कोशी सम्पन्न गरेको छ ।

तस्वीर:
14958820_10207364367256136_953488328_n14964073_10207364368616170_2046379885_o14914687_10207364367856151_380991256_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्