बिराटनगर कार्तिक १७ , भारतीय राष्ट्रपति प्रणब मुखर्जी आज ३ दिने अौपचारिक भ्रमणमा आज नेपाल आउनुभएको छ । सरकारले यस अघि नै आज भारतीय राष्ट्रपति आउने भनी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो जुन निर्णयको देशैभर चर्को बिरोध पनि भयो । बिरोधका बाबजुद सरकारले आफ्नो निर्णय फिर्ता लिएन र आज सार्वजनिक बिदा पनि दिइयो । यसैको बिरोधमा आज बिराटनगरका सडकमा विभिन्न नाराका प्ले कार्ड सहित युवाहरू निस्केका थिए । " बिदा केे को लागि ?" , "भारतीय चाकडी बन्द गर" जस्ता नारा सहितका प्लेकार्ड सहित युवाहरू सडकमा निस्केर बिरोध गरेका थिए । भ्रष्टाचार बिरुद्धको अभियान बिराटनगरको नेतृत्वमा उक्त बिरोध कार्यक्रम आयोजना गरिएको अभियानका पारुल क्षेत्रीले जानकारी दिए ।