मोरङ कात्तिक १८
मोरङको विराटनगर-५ स्थित नोबेल अस्पताल परिसरबाट बुधबार प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पथरी-१ बस्ने ३१ बर्षिय अरुण मण्डल र सोही ठाउँका १८ बर्षिय घनशयाम रसाईली रहेका छन्। प्रहरीले उनीहरुको साथबाट नाईट्रोसन ट्याबलेट २० पिस र लुपीजेसिक ४२ पिस बरामद गरेको छ।
लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।