विराटनगरमा राष्ट्रिय खेलकुद परिषदको सचिवालय स्थापना

<span class='c1'>विराटनगरमा राष्ट्रिय खेलकुद</span> <span class='c2'>परिषदको सचिवालय स्थापना</span>

बिनु तिम्सिना
बिराटनगर कार्तिक १८,
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि विराटनगरमा राष्ट्रिय खेलकुद परिषद्को सचिवालय स्थापना गरिएको छ ।

विराटनगरको वीरेन्द्रसभागृहमा स्थापना भएको सचिवालयको आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नुभयो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी उद्घाटन गरिएको सो सचिवालयबाट राखेपले गर्ने सम्पूर्ण काम हुने सदस्य सचिव विष्टले बताउनु भयो । सचिवालय स्थापनासँगै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसीरमा हुने थप सुनिश्चित भएको विष्टले दावि गर्नुभयो ।
मन्त्रीपरिषद्बारा आर्थिक निर्देशीका समेत पारित भइसकेको जानकारी दिदैं उहाँले अब युद्धस्तर काम अघि बढ्ने बताउँनुभयो । यसअघि आर्थिक निर्देशीका पारित नहुनु, राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक भौतिक संरचना निर्माणमा भएको ढिलाईलगायतका कारणले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा आशंका गरिएको थियो । यद्यपि सचिवालय उद्घाटन भएसँगै राष्ट्रिय खेलकुद हुने कुरामा आशंका नगर्न राखेपले सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्