मोरङको लागि क्रिकेट खेलाडी छनोटमा मोतीको असन्तुष्टि

<span class='c1'>मोरङको लागि क्रिकेट खेलाडी</span> <span class='c2'>छनोटमा मोतीको असन्तुष्टि</span>

बिराटनगर कार्तिक १९ , पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि क्रिकेट खेलाडी छनोटमा खेलाडीले गुनासो गरेका छन् । विराटनगरका पुराना क्रिकेटर मोती चौधरीले छनोटमा निष्पक्ष तरिकाले छनोट नभएको गुनासो पोखे । उनलेे भने " चार ओभरको बलिङमा मैले ५ विकेट लिएको थिए , त्यहि पनि म टिममा पर्न सकिन" । यता मोरङका क्रिकेट प्रशिक्षक महेश रिजाल संग आवर बिराटनगर डट नेटले कुरा गर्दा उनले छनोट पुर्णरुपमा निष्पक्ष भएको र मोती चौधरीको ब्याटिङमा कमजोरी देखिएको हुनाले टिममा पर्न नसकेको बताए । टिममा मोतीले जस्तै स्पिन बलिङ गर्ने २ जना उत्कृष्ट खेलाडी टिममा रहेकाले थप स्पिनरलाई टिममा अटाउन नसकिएको बताए । मोती पुराना र राम्रा खेलाडी भएपनि टिममा उनी भन्दा राम्रो अलराउण्ड प्रदर्शन गर्न सक्ने खेलाडी रहेकाले छनोट हुन नसकेको प्रशिक्षक रिजालले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्