बिराटनगर कार्तिक १९ ,
विषेशगरि तराईका जिल्लामा मनाइने छठ पर्वको रौनक तराईका जिल्लामा देखिन थालिसकेको छ । बिराटनगरमा पनि छठ पर्वको रौनक सुरु भएको छ । बिराटनगरका सिंघिया खोला , पिचराको नहर , केशलिया खोला लगायतका ठाउँमा छठ पर्वको तयारी लगभग पूरा भएको छ । हरेक वर्ष बिराटनगरका यी नदि किनारमा छठ हर्ने र पुजा गर्न हजारौको भिड हुने गर्दछ । खोला नहर किनार सझाउने , पुजा स्थल चिटिक्क बनाउने जस्ता काम सकिन लागेको छ ।