बिराट अस्पतालमा आत्महत्या गरेका युवालाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन

<span class='c1'>बिराट अस्पतालमा आत्महत्या गरेका युवालाई</span> <span class='c2'>क्षतिपूर्तिको माग गर्दै प्रदर्शन</span>

बिराटनगर कार्तिक २१ , बिराटनगर अस्पतालमा केहिदिन अघि अस्पतालको तेस्रो तल्लाबाट हाम फालेका सुनसरीको पुर्व कुशाहा-८ का २५ वर्षिय अनोज विश्वासको आफन्तहरुले विभिन्न माग राखि अस्पतालमा ताला लगाउन खोजेपछि शनिबार दिनभर अस्पतालमा तनाव भएको थियो । मृतकका आफन्तले उपचार शुल्कमा छुट , मृतकको छोरीलाई शिक्षाको प्रवन्ध , मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनिहरुले अझै अनोजको शव बुझेका छैनन् । अस्पताल प्रशासन र मृतकका आफन्तबिच वार्ता भएपनि सहमति भएको थिएन । अस्पतालमा तालाबन्दी गर्न खोज्नेलाई प्रहरीले लाठीचार्ज गरेको थियो । अस्पतालले भने मृतकको उपचार खर्चमा उचित छुट गरिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्