क्षतीपुर्ति नदिन डाक्टरहरुको संयुक्त बक्तब्य

क्षतीपुर्ति नदिन डाक्टरहरुको संयुक्त बक्तब्य

सुमन तिमल्सिना
विराटनगर, कात्तिक २१
विराटनगर अस्पताल प्रालिमा  भएको घटनाको बारेमा नेपाल चिकित्सक संघ र एसोसियशन अफ प्राईभेट हेल्थ एशोसिएशन नेपाल एफिनले भ्रत्र्सना गरेको छ ।
बिराटनगरमा पत्रकार सम्मेलन गर्दै घटना प्रती संघ र एफिनको गम्भीर ध्यानाकर्षण भएको र घटनामा भएको प्रबृतीको घोर भत्र्सना गरेको हो । गत बिहीवार सुनसरी पूर्व कुशाहाका २५ वर्षीय अनुज विश्वासले अस्पतालको चौथो तलाबाट हामफालेर आत्माहत्या गरेको बिषयमा हिजो मृतकका आफन्तले बिराटनगर अस्पताल प्र्रा.लि.परिसरमा तोडफोड गरेपछि एफिन र संघले संयुक्त पत्रकार सम्मेलन गर्दै घटना बारेमा आफ्नो धारणा सार्बजनिक गरेको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष फर्डवार्ड सिलवालले यस्ता प्रबृतीका घटनाले चिकित्सक क्षेत्रलाई नै अस्तब्यस्त बनाउन खोजेको आरोप लगाउनु भयो ।
उहाँले यदि स्वयम ब्यक्ती आफै आत्माहत्या गरेको अबस्थामा क्षतीपुर्तिको नाममा अस्पतालााई दुख दिने तथा डाक्टरलाई क्षतीपुर्ति दिन बाध्य पारि डाक्टर र अस्पतालले क्षतीपुर्ति दिए दुबैको कार्वाहीमा संघ लाग्ने समेत चेतावनी दिनुभयो । उहाँले मृतकका परिवारलाई क्षतीपुर्ति दिनै नहुने धारणा राख्नुभयो । एफिनका अध्यक्ष कैलाश कुमार श्रेष्ठले सबै बिषयमा क्षतीपुर्ति माग्ने क्रम बढ्ने हो भने अस्पतालहरु बन्दगर्नु पर्ने अबस्था आएको बताउनुभयो ।
मृत्युको बिषयमा अस्पतालले क्षतीपुर्ति दिनु नहुने पक्षमा सबै चिकित्सक तथा अस्पतालहरु लागेका छन् । पत्रकार सम्मेलनमा जारी गरिएको संयुक्त बिज्ञप्तीमा अस्पतालमा सिर्जित समस्याले नियमित सेवा संचालन हुन नसकेकोले सरकार तथा सम्बन्धीत निकायले पहल कदमी लिएर २४ घण्टा भित्र अस्पताल संचालन हुने वातावरण नबनाए कडा आन्दोलनमा जाने समेत चेतावनी दिईएको छ । सिलवालले २४ घण्टा भित्र सेवा सुचारु नभए त्यसपछि मोरङका बसै निजी तथा सरकारी अस्पताल बन्द गर्ने जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्