विराटनगरमा अत्याधुनिक नयाँ बसपार्क निर्माणको ठेक्का गौरी पार्वती निर्माण सेवालाई

विराटनगरमा अत्याधुनिक नयाँ बसपार्क निर्माणको ठेक्का गौरी पार्वती निर्माण सेवालाई

बिनु तिम्सिना

बिराटनगर कार्तिक २५ ,

विराटनगरमा अत्याधुनिक सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण हुने भएको छ । विराटनगर–१५ मा निर्माण हुने अढाइ तल्ले बसपार्क निर्माणका लागि गौरी पार्वती निर्माण सेवा कम्पनीले ठेक्का पाएको छ ।

विराटनगर उपमहानगरपालिकाले साबिककै स्थानमा अत्यधुनिक सुविधा सम्पन्न नयाँ बसपार्क निमार्ण गर्न लागेको हो । नगरविकास कोषको ऋण सहयोगमा आठ करोड ४७ लाखको लागतमा सुविधा सम्पन्न बसपार्क बन्ने भएको हो । बसपार्क निमार्णका लागी नगर विकास कोष र विराटनगर उपमहानगरपालिका बिच यस अघि जेठ मै सम्झौता भइसकेको थियो । बसपार्क निर्माणका लागि काठमाण्डौंको गौरी पार्वती निर्माण सेवा कम्पनिले ठेक्का समेत पाइसकेको उपमहानगरपालिकाले जनाएको छ । सिटि वसपार्क टर्मिनलको रुपमा बसपार्क निर्माण गरिने उपमहानगरपालिकाले जनाएको छ । अबको २२ दिन भित्रमा बसपार्क निर्माणको काम सुरु गर्ने र १८ महिना भित्रमा बसपार्क निर्माणको काम सम्पन्न गर्ने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले बताउनुभयो ।

अढाइ तल्ले बसपार्कमा काउन्टर, यात्रु बस्ने ब्यवस्था तथा सुविधा सम्पन्न पसल, होटल रहने छन् । नयाँ बन्ने वसपार्कमा साना र ठूलागरी ५० वटा बस राख्न सक्ने क्षमता रहने विराटनगर उप–महानगरपालिकाका इञ्जीनियर अर्जुन थापाले बताउनुभयो । लामो समयसम्म लगातार मेहतेन गरेर बसपार्क निर्माणको काम अगाडि बढाइएको उहाले बताउनुभयो ।

यस अघिपनि विभिन्न चरणमा बसपार्क निर्माण गर्ने भनेर योजनाहरु बनेका थिए । तर विभिन्न कारणले ति योजना कागज मै सिमित हुनु परेको थियो । यद्यपी यस पटक भने बसपार्क बन्ने कुरामा विश्वस्थ हुन उपमहानगरपालिकाले नगरवासीलाइ आग्रह गरेको छ । ४१ बर्षदेखि अव्यवस्थीत रुपमा संचालनमा रहेको विराटनगर बसपार्कको स्थानमा नयाँ सुविधा सम्पन्न बसपार्क निर्माण भए नगरवासीले राहत महसुस गर्ने थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्