बन्दको कारण बिराटनगरमा चलेनन् लामो दुरीका सवारीसाधन

बन्दको कारण बिराटनगरमा चलेनन् लामो दुरीका सवारीसाधन

बिराटनगर कार्तिक २८ , नेत्र बिक्रम चंद (बिप्लब) नेतृत्वको नेकपा माओवादीले आज गरेको नेपाल बन्दको प्रभाव बिराटनगरमा पनि सामान्य देखिएको छ । बिराटनगरमा बिहानैदेखि निजी सवारीसाधन चलेपनि लामो दुरीका सवारीसाधन चलेका छैनन् । बिराटनगर बजारका पसलहरु भने केही खुलेका छन् , शैक्षिक संस्था प्राय बन्द नै रहेका छन । सडकमा बन्दकर्ता भने कहि कतै देखिएका छैनन् । बिराटनगरमा मुख्य चोकमा उच्च सुरक्षा व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्