बिराटनगरको देवकोटा स्मारकको दुर्दशा , कस्ले गरिदेला संरक्षण ?

बिराटनगरको देवकोटा स्मारकको दुर्दशा , कस्ले गरिदेला संरक्षण ?

बिराटनगर कार्तिक ३० , बिराटनगर-१६ महेन्द्र मोरङ कलेज जाने बाटोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मारक रहेको छ । उक्त स्मारक भएको ठाउँलाई देवकोटा पार्क पनि भनिन्छ । श्रष्टाको सम्मानमा बनाइएको उक्त स्मारक अहिले गाईबस्तु चर्ने थलो तथा फोहरको थुप्रो फाल्ने ठाउँ भएको छ । संरक्षणको अभावमा उक्त पार्कको अवस्था नाजुक रहेको छ । साहित्य र साहित्यकारलाई माया गर्ने बिराटनगर सहरले साहित्यकार तथा विभिन्न श्रष्टाहरुको स्मारकलाई भने माया नगरेको महसुस बिराटनगरबासिलाई छ । केहि दिन अघि मात्रै बिराटनगरका साहित्यकारहरुले त्यसै ठाउँमा कार्यक्रम पनि गरेका थिए । उचित संरक्षण गर्ने हो भने उक्त पार्कमा साहित्यिक कार्यक्रम तथा बालबालिकालाई खेल्ने ,घुम्ने स्थान बन्न सक्ने थियो । बिराटनगरको साहित्यकार तथा सम्पुर्ण बिराटनगरबासिले यस पार्कको संरक्षणको लागि आवाज उठाउनु जरुरी छ ।

[caption id="attachment_26744" align="alignnone" width="720"]तस्बिर : पंकज हरि चन्चल तस्बिर : पंकज हरि चन्चल[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्