टंकीसिनवारीबासीको गुनासो , सरकारलाइ ज्ञापन पत्र बुझाए

टंकीसिनवारीबासीको गुनासो , सरकारलाइ ज्ञापन पत्र बुझाए

विराटनगर  कार्तिक ३०,

भर्खरै प्रस्तावित विराटनगर महानगरपालिकामा टंकीसिनवारी गाविसलाई समाहित नगरेको भन्दै टंकीसिनवारीका स्थानीयवासीले सरकारलाइ ज्ञापन पत्र बुझाएका छन् ।  टंकीसिनवारीका स्थानीयवासीले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाइ ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराए । हरेक कोणबाट टंकीसिनवारी महानगरपालिकामा रहन सक्षम रहेको भन्दै उनीहरुले सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललाइ ज्ञापनपत्र बुझाएका थिए । टंकीसिनवारी बुढीगंगा गाउपालिका भए आफुहरु चरण वद्ध आन्दोलनमा उत्रने उनीहरुले चेतावनी समेत दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्