पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल चरण सम्पन्न

पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल चरण सम्पन्न

विराटनगर कार्तिक ३० ,
महेन्द्र गोल्छा स्मृती पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल चरण सकिएको छ ।
मोरङ जिल्ला ब्याडमिन्टन संघले विराटनगरमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार सबै इभेन्टका सेमिफाइनल खेल सकिएको आयोजकले जानकारी दिएको छ । मेन्स डबल खुल्लातर्पm सुनसरीका सूर्य श्रेष्ठ र सुजन श्रेष्ठको जोडीले झापाका दिपक घिमिरे र प्रणिशसिंह ठकुरीलाई २२–२० र २१–१६को सोझो सेट पराजित गरेका छन् । भोजपुरका विवेक श्रेष्ठ र विशाल तामाङको जोडीले सुनसरीको रकम लिम्बू र प्रकाश लिम्बूलाई १८–२१, २१–१६ र २१–१६ मा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै, ४० वर्षमाथि मेन्स डबलमा मोरङका नवराज दुलाल र जीवन बोगटीको जोडीले मोरङकै तुलसी सुवेदी र डिल्ली थापालाई २१–१६ र २१–१८ को सोझो सेट पराजित गरे । मोरङका डिल्लीराम डाँगी र किरणसिंह बस्नेतको जोडीले सुसनरीका मानबहादुर तामाङ र धनबहादुर लिम्बूलाई २१–१७, २१–९ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरे ।
त्यसैगरी भेट्रान ५५ वर्षमाथिको मेन्स डबलमा सुनसरीका चन्द्रशेखर लामा र गणेश राईको जोडीले मोरङका इन्द्रलाल श्रेष्ठ र कौरव बस्नेतलाई २१–१२, २१–१३ को सोझो सेट पराजित गरे । मोरङका मनोज लाखे र किरणसिंह बस्नेतको जोडीले सुनसरीको मणीराज गुरुङ र देव तामाङलाई २१–६, २१–९ को सोझो सेट पराजित गरी फाइनलमा प्रवेश गरे । प्रतियोगितामा प्रथमले नगद १५ हजार, द्वितियले नगद १० हजार र तेस्रोले नगद ५ हजार पुरस्कार जित्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्