“विराटनगरलाई उपेक्षामा पर्न दिन्न” – मन्त्रि केसी

“विराटनगरलाई उपेक्षामा पर्न दिन्न” – मन्त्रि केसी

बिनु तिम्सिना

सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले विकासको काममा राजनीतिक दलहरु एक ठाउँमा उभीनु पर्ने बताउनुभएको छ ।

विराटनगरको विकासबारे बुझ्न आज उपमहानगरपालिका कार्यालय पुग्नु भएका मन्त्री केसीले स्थानीय दलका प्रतिनिधिहरुलाई विकासमा सचेत भएर निरन्तर खवरदारी गर्दै अघि बढ्न आग्रह गर्नुभयो । विराटनगर उपमहानगरपालिकामा संचालन भइरहेको ढल निकास तथा सडक विस्तारका विविध योजनाहरुको प्रगति विवरण बुझदै उहाँले उहाँले विराटनगरलाई सुन्दर शहर बनाउन सबै लाग्नुपर्ने भन्दै आफुहरुको पनि बैचारिक सरोकार रहेकोले विराटनगरलाई उपेक्षामा पर्न नदिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्र विराटनगरकी संयोजक नमिता न्यौपाने नगरमा भइरहेको विकास निर्माणको काम चित्त बुझ्दो नभएको गुनासो गर्नुभयो । उहाले नगरमा भइरहेको विकास निर्माणको काममा ढिलाइ हुदा नगरवासीले सास्ती खेप्न बाध्य भएकाले चाँडो काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विराटनगरमा संचालित मझौला शहरको एकीकृत शहरी वातावरण सुधार परियोजनाका प्रमुखउपेन्द्र बरालले भइरहेको विकास निर्मा०ाका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहरी विकास मन्त्रालयका सहसचिव शिवहरि शर्मा, खानेपानी, विद्युत् तथा नगरपालिकाका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्