जलवायू परिवर्तको असर खेत बारीमा

जलवायू परिवर्तको असर खेत बारीमा

बिनु तिम्सिना

जलवायू परिवर्तको असर खेत बारीमा देखिन थालेको छ । बढदो जलवायू परिवर्तका कारण कृषि बालीमा रोग किरा देखिन थालेको हो ।

आज विराटनगरमा कृषि सूचना तथा सञ्चार केन्द्रले आयोजना गरेको ‘जलवायू परिवर्तन र कृषिमा भएको प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा’ कार्यपत्र प्रस्तुत गर्दै क्षेत्रिय कृषि निर्देशनालय विराटनगरका प्रमुख ताराकुमा श्रेष्ठले जलवायू परिवर्तको कृषि बालीमा विभिन्न प्रकारका रोग भित्रिएको जानकारी दिनुभयो । जलवायु परिवर्तनले मौसमीबालीस“गै बहुबर्षे बालीमा पनि रोग र किराले सताउन थालेको छ । पूर्वी नेपालका तराई र पहाडका जिल्लामा फरक फरक प्रजातीका रोग र किराका कारण उत्पादनमा असर पर्न थालेको छ । जलवायू परिवर्तले पहाडी क्षेत्रमा हुने अलैचीमा डढुवा, झुसिलकिरा, पात डढने समस्या देखिन थालेको छ । त्यस्तै पूर्वका पहाडी क्षेत्रमा हुने मकै खेतीमा मकैमा ध्वासे थेग्ले रोग र डढुवा रोगको प्रकोप देखिन थालेको छ । पूर्वका मोरङ र सुनसरीमा कांक्रा फर्सी बालीमा रातो खपटे किराको प्रकोप बढि छ । भने इस्कुसमा मोजाइक भाइरस र सेतो झिंगाको प्रकोप देखिएको छ । त्यस्तै धनकुटा र तेह्रथुममा लगाइने आलुमा पुतली प्रकोप देखिन थालेको छ । सिराह सप्तरीमा पाइने आपमा फलफल कुहाउने औसा र फलको गवारोको प्रकोप देखिएको छ । पहाडी क्षेत्रमा पाइने सुन्तलामा बोटसुक्ने, सेतो धुले ढुसी, क्यान्कर र औंसा किराको समस्या, सुन्तलामा मिलीबग किराको प्रकोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्