विराटनगरमा संचालित ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन फितलो भएको खेलाडीको गुनासो

<span class='c1'>विराटनगरमा संचालित ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन</span> <span class='c2'>फितलो भएको खेलाडीको गुनासो</span>

बिनु तिम्सिना

बिराटनगर कार्तिक ३० ,

विराटनगरमा संचालन भएको महेन्द्र गोल्छा स्मृति पूर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन फितलो भएको भन्दै खेलाडीहरुले गुनासो गरेका छन् ।

मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आइतबार देखि भएको प्रतियोगितामा टाढाबाट आएका खेलाडिहरुलाइ बेवास्ता गरिएको खेलाडिहरुले गुनसो गरे । प्रतियोगितामा भाग लिन आएका सप्तरीको फत्तेपुर ब्याडमिन्टन क्लबका अध्यक्ष सन्तोष कट्वालले आयोजकले पुरस्कार राशीपनि कम दिएको र टाढाबाट आएका खेलाडीहरुलाइ बस्ने खानेको समेत व्यवस्था नगरेको गुनासो गरे ।

प्रतियोगितामा भागलिनका लागि आफुहरु इन्ट्री फि समेत १५ सय रुपैया तिर्नु परेको तर त्यस अनुसारको व्यवस्थापन भने नदेखिएको उहाले बताउनुभयो । त्यस्तै झापाबाट आएका खेलाडि दिपक घिमिरे आयोजकले खान र बस्नको व्यवस्था नगर्दा टाढाबाट आएका खेलाडीहरुले सास्ती व्यहोर्नुपरेको बताए ।

प्रतियोगितामा मोरङ, झापा, सुनसरी लगायत पूर्वाञ्चलका विभिन्न जिल्लाका एक सय बढि खेलाडिहरुको सहभागिता रहेको थियो । आयोजकले प्रतियोगितामा प्रथम हुने खेलाडीलाइ १५ हजार, द्वतिय हुनेलाइ १० हजार र तृतिय हुनेलाइ ५ हजार पुरस्कार दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्