बिराटनगरमा जेसिज सप्ताह सुरु

बिराटनगरमा जेसिज सप्ताह सुरु

बिराटनगर जेसिजले हरेक बर्ष आयोजना गर्ने जेसिज सप्ताह सुरु भएको छ । सात वटा कार्यक्रममा समुदघाटन तथा शान्ति र् याली , महिनाबारी सचेतना , न्यानो लुगा तथा खाध सामाग्री बितरण , बक्तृत्वकला , मैत्रिपुर्ण फुट्सल ,तालिम , र समाज मा योगदान पुर्याउने विशिष्ट ब्यति सम्मान तथा समापन समारोह कार्यक्रम आयोजना गरिने कार्यक्रमका मुख्य कार्यक्रम संयोजक जेसि मिलन पौडेलले बताउनु भयो .। सप्ताहको पहिलो कार्यक्रम
समुदघाटन तथा शान्ती र्याली कार्यक्रम मोरङ  जिल्लाका प्रहरी उपरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्य बिराटनगर जेसिज बोर्ड अफ ट्रस्टिका अध्यक्ष तथा बिराटनगर जेसिजका पुर्व अध्यक्ष जेसि गोपाल गुप्ताको बिशेष आतिथि रहनु भएको उक्त कार्यक्रम  ,बिराटनगर जेसिजका अध्यक्ष जेसि भगवती कालिकोटेको सभापतित्वमा सम्पन्न भएको थियो । बिभिन्न कलेज स्कुल तथा संघ सस्थाको सहभागीता रहेको र्याली सहिद मैदान बाट सुरु भै अस्पताल चोक ,जलजला मोड ,गोल्छा चोक हुदै पुन सहिद मैदानमा आएर समापन भएको थियो भने उक्त कार्यक्रम का कार्यक्रम संयोजक जेसि सिद्धार्थ साह रहनुभएको थियो ।
त्यस्तै सप्ताह अन्तर्गतको अर्को कार्यक्रम महिनाबारी सचेतना कार्यक्रम जेसि बाल सदनमा सम्पन्न भएको छ । बिराटनगर जेसिज अध्यक्ष जेसि भगवती कालीकोटे को सभापतित्व तथा स्त्री तथा प्रसुती रोग विशेषज्ञ  डा.बाल कृष्ण साहको प्रमुख आतिथ्यता र बिराटनगर जेसिजका पुर्व अध्यक्ष सुन्दरलाल मास्के बिशेष अतिथी रहनु भएको उक्त कार्यक्रममा  ममता श्रेष्ठ ले तालिम प्रदान गर्नु भएको थियो भने उक्त कार्यक्रमको कार्यक्रम संयोजक जेसि निरज कोइराला रहनु भएको थियो ।
बिराटनगर जेसिज ले हरेक बर्ष जेसिज सप्ताह आयोजना गर्ने तथा कार्यक्रम आयोजना गर्दा नेतृत्व र ब्यक्तित्व बिकास गर्दै सामाजिक काम मा पनि सहभागी हुदै साथै समाज मा योग्दान पुर्याउने बिशिस्ट ब्यक्तिहरुलाइ सम्मान गर्ने गरेको बिराटनगर जेसिजका अध्यक्ष जेसि भगवती कालिकोटेले जानकारी दिनु भयो ।

मंसिर ३० गतेबाट सुरु भएको जेसिज सप्ताह यहि पौष ४ गते जेसिज सम्मान तथा सप्ताह समापन समारोह गर्दै सम्पन्न हुने बिराटनगर जेसिजका जनसम्पर्क अधिकारी जेसि सुभाष भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्