विराटनगरमा सप्ताहब्यापी कर दिवस मनाइने

विराटनगरमा सप्ताहब्यापी कर दिवस मनाइने

बिराटनगर मङ्सिर २ , पाचौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय बिराटनगरले बुधबारदेखि साप्ताहब्यापी कार्यक्रम सुरु गरेको छ । मोरङ व्यापार संघका अध्यक्ष तथा पुर्व सभासद पवनकुमार सारडा र उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले संयुक्तरूपमा बेलुन उडाएर कार्यक्रमको सुरुवात गरेका थिए । बुधबार नै प्रहरी व्याण्ड र प्ले कार्डसहित र्याली निकालेका थिए । कार्यालयले पहिलो दिन प्रभातभेरी , दोस्रो दिन रक्तदान र अन्तरक्रिया , तेस्रो दिन हाजिरी जवाफ , चौथो दिन दौड तथा कविता एवं निबन्ध प्रतियोगिता , पाचौं दिन बृद्धाआश्रममा खाना ख्वाउने तथा हाजिरी जवाफ , छैठौं दिन अन्तरक्रिया तथा तालिम साथै सातौं दिन पुरस्कार वितरणको कार्यक्रम रहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्