पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

<span class='c1'>पाँच दिनदेखि आमरण अनशनमा बसेका डा.</span> <span class='c2'>गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै</span>

काठमाडौं- वरिष्ठता आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्ति, चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।पाँचौं दिनसम्म सामान्य स्लाइनसमेत नलिएका केसीको बिहीबार छातीको दुखाइ, मुटुको चालमा गडबडी, मांशपेशी दुखाइ बढ्दै गएको छ।

बिहीबार केही सहयोगी चिकित्सकले केसीको स्वास्थ्य जाँच गरेका थिए। उनीहरुले यसपटक झन् चाँडै स्वास्थ्य खस्किरहेको औंल्याए।पिसाबमा किटोन बढी देखिएको छ। शरीरमा खानाको अभाव भए किटोन बढी देखिन्छ। 'अक्सिजन कमी, मुटुको चाल बढ्ने, मांशपेशी तथा छाती दुख्नेलगायत समस्या सुरु भइसकेको छ,' एक चिकित्सकले भने, 'यसपटक बढी तनाबमा समेत देखिनुहुन्छ।'

स्वास्थ्य कमजोर बनेपछि बिहीबार केसीलाई नर्मल स्लाइन दिइएको उपचारमा खटिएका चिकित्सकले बताएका छन्। चिकित्सा क्षेत्रमा सुधार माग राखेर १० औं पटकसम्म अनशन बस्दा पनि सरकार पक्षबाट माग सम्बोधनमा कुनै चासो दिएको छैन।

'सरकार पूरै माफियाको इसारामा चलेको छ,' डा. केसीले भने। सरकारले केसीको स्वास्थ्य र मागप्रति कुनै चासो नदेखाएको भन्दै चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीले शनिबारदेखि दबाब बढाउने बताएका छन्। उनीहरूले शनिबार शिक्षण अस्पतालदेखि बालुवाटारसम्म र्‍याली गरेर धर्ना दिने कार्यक्रम तय गरेका छन्।

केसीका मागप्रति समर्थन जनाउँदै अस्पतालका आवासीय चिकित्सकले पनि मंगलबारदेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका छन्।

यसैबीच, नयाँ शक्ति नेपाल पार्टीले पनि बिहीबार डा. केसीका मागप्रति ऐक्यबद्धता जनाएको छ। डा. केसीको मागविपरीत त्रिभुवन विश्वविद्यालयले आइतबार आइओएममा डा. केपी सिंहलाई डिन नियुक्त गरेपछि उनी त्यही दिनबाट अनशनमा बसेका हुन्। नयाँ कलेजलाई सम्बन्धन दिने र आइओएममा रिक्त अन्य पदाधिकारीसमेत भागबन्डामा गराउने सर्तमा सिंहले नियुक्ति पाएका थिए। सिंहलाई राजीनामा गर्न डा.केसीले आग्रह गरिसकेपछि सिंहले इन्कार गर्दै आएका छन्।(नागरिकबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्