बिराटनगरको “मोबाइल सिटी एप” सार्वजनिक

<span class='c1'>बिराटनगरको “मोबाइल सिटी</span> <span class='c2'>एप” सार्वजनिक</span>

बिराटनगर मङ्सिर ४ ,

अब बिराटनगरमा कहाँ कुन समान पाईन्छ , बिराटनगरमा कस्ताकस्ता कलेज/स्कुल छन् , अस्पताल कुनकुन छन् यहाँ ? यी सबै प्रश्नको जवाफमा ओ.बि मिडिया प्रालिले बिराटनगरको मोबाइल सिटि एप सार्वजनिक गरेको छ । उक्त सिटि एपमा बिराटनगरका विभिन्न स्कुल/कलेज, अस्पताल, पसलहरु , बिराटनगरका ताजा समाचार,बिराटनगरका जानकारी अदि सुविधा हुनेछ । बिराटनगरलाई अनलाइन परिचय दिन र बिराटनगरलाई अझ नजिकबाट चिन्न उक्त मोबाइल एप सफल हुने ओबि मिडियाका निर्देशक बिबेक दाहालले जानकारी दिए । पुर्वाञ्चल डेभ फेस्ट २०७३ मा उक्त एप सार्वजनिक गरिएको थियो । उक्त एपमा आगामी दिनमा अझ धेरै जानकारी तथा फिचर अपडेट गरिने उनलेे बताए ।ओबि मिडिया प्रालिले बिराटनगरमा विगत ५ वर्षदेखि अनलाइन समाचार पोर्टल आवर बिराटनगर डट नेट पनि चलाउदै आएको छ भने केही महिना अघि मात्रै उक्त समाचार पोर्टलले समाचारको लागि मोबाइल एप पनि सार्वजनिक गरेको थियो । एप सार्वजनिक गर्दै ओबि मिडियाका गोकुल कार्कीले भने " बिराटनगरलाई विश्वसंग जोड्ने हाम्रो अभियानमा एउटा इट्टा थपिएको छ" ।बिराटनगरको सिटि एप गुगल प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिनेछ ।

 

ob-app

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्