शिक्षादिप कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम

<span class='c1'>शिक्षादिप कलेजमा प्रहरीको</span> <span class='c2'>चेतनामुलक कार्यक्रम</span>

विराटनगर, मंसिर ५

"प्रहरी मेरो साथी” को ब्यानर मुनि संचालन गरिने प्रहरी-नागरिक हातेमालो कार्यक्रम अन्तर्गत मोरङको बिराटनगर उपमहानगरपलिका १४ स्थित शिक्षादिप कलेजमा आइतबार चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरबाट खटिएका प्रहरी टोलीले आइतबार बिहान उक्त कलेजमा कक्षा १२ मा पढ्ने छात्र/छात्राहरुलाई लागूऔषध दुर्व्यसनी, घरेलु तथा महिला हिंसा, इन्टरनेट , साइबर क्राइम  लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका हुन्। प्रशिक्षणकाक्रममा प्रहरी र बिधार्थीहरु विच अन्तरकृयात्मक छलफल समेत गरिएको थियो।

प्रशिक्षण कार्यक्रमलाई क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव निरीक्षक कृष्णा कुमारी अधिकारी र प्रहरी जवान ओमराज पौडेलले सहजीकरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्