आन्तरिक राजस्व कार्यालय विराटनगरले गर्यो बृद्धाश्रमलाई खाद्यान्न र फर्निचर वितरण

<span class='c1'>आन्तरिक राजस्व कार्यालय विराटनगरले गर्यो</span> <span class='c2'>बृद्धाश्रमलाई खाद्यान्न र फर्निचर वितरण</span>

बिराटनगर मङ्सिर ५ , आन्तरिक राजस्व कार्यालय विराटनगरले कर सप्ताहको पाँचौ दिन  बृद्धाश्रमका आश्रितहरुलाई खाद्यान्न र फर्निचर वितरण गरेको छ ।

विराटनगर–११ मधुमारा अशोकचोकस्थित विराटेश्वर बृद्धाश्रमका आश्रितहरुलाई कार्यालयले एक कार्यक्रमका बीच खाद्यान्न र फर्निचर वितरण गरेको हो । मंसिर १ गतेबाट सुरु पाँचौ कर सप्ताहअन्तर्गतको पाँचौ दिन कार्यालयले बृद्धाश्रमका आश्रितहरुलाई चामल १ सय २५ किलो, पिठो २५ किलो, चिनी १० किलो र आलु एक बोरासहित मरमसला र ६ थान कुर्सी प्रदान गरेको थियो । आश्रम परिसरमा आज बिहान आयोजित कार्यक्रमकाबीच आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख रमेशराज गौतमले आश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याललाई सामग्रीहरु हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख कर अधिकृत गौतमले असाहय र परिवारबाट हेला गरिएका ज्येष्ठ नागरिकहरुको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । बिराटेश्वर बृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अज्र्यालले सबैको सहयोगबाटै आश्रममा दर्जनौं ज्येष्ठ नागरिकहरुले संरक्षण पाएको उल्लेख गर्नुभयो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्