बिराटनगरमा अनुगमनका क्रममा फार्मेसी पसल नै बन्द गरेर भागेपछी ……

<span class='c1'>बिराटनगरमा अनुगमनका क्रममा फार्मेसी पसल</span> <span class='c2'>नै बन्द गरेर भागेपछी ……</span>

बिराटनगर मङ्सिर ५ ,   स्वास्थ्य मन्त्रालयद्वारा गठित अमुगनम टोलीले अनुगमनको क्रममा नियम विपरीत सञ्चालन भएका औषधि पसल, क्लिनिक र ल्यावहरुलाई बन्द गराएको छ ।

शनिबार गरिएको अनुगमनका क्रममा विराटनगरको नोबेल अस्पताल आसपासका सुनसरी मेडीकल हल र गौरव फार्मेसीका सञ्चालकले पसल नै बन्द गरेर भागेका थिए भने भान्जा फार्मेसीको संचालन अनुमति पत्र नरहेकाले बन्द गरिएको छ । यस्तै कञ्चनबारी आसपासका औषधि पसलेहरुले पनि पसल बन्द गरेर भागेका थिए । कञ्चनबारी चौकमा रहेको आयुर्वेद औषधालयको संचालन अनुमति पत्र नपाइएकाले सिलबन्दी गरिएको छ । यस्तै टंकीसिनवारीमा रहेको सानु फार्मेसी तथा क्लिनक अनुमति बिना संचालन गरिएको पाइएकाले लाहा छाप लगाएर सिलबन्दी गरिएको छ । यस्तै डाक्टर मिरा आचार्यको नाममा दर्ता गरिएको सरस्वती डेन्टल क्लिनिक अनुमति बिना संचालन गरेको पाइएकाले बन्द गरिएको अनुगमन टोलीले जनाएको छ । स्वास्थ्य निर्देशिका विपरीत संचालित औषधि पसल, क्लिनक, ल्याव र अस्पताललाई बन्द गरी कडा कार्वाही गरिने मोरङका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवले बताउनु भयो ।

 

अनुगमनका क्रममा सानु फार्मेसीका संचालक खड्गनारायण चौधरीले आफूलाई फार्मेसी दर्ता गर्नुपर्छ भन्ने थाहा नभएकाले अब दर्ता प्रक्रिया अगाडी बढाउने बताउनु भयो ।

 

यता सर्वसाधारणले भने कहिले काहीं मात्र नभएर नियमीतरुपमा अनुगमन गर्नुपर्ने भन्दै नियम विपरीत संचालित पसलहरुलाई कडा कार्वाही गनुपर्ने माग गरेका छन् ।अनुगमन टोलीले शनिबार मोरङको बेलबारी, सुन्दरदुलारी लगायत क्षेत्रका क्लिनिकहरुको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा मोरङको बेलबारीमा रहेको बेतना मेडीकल हल एकजनाको नाममा दर्ता गरेर अर्को व्यक्तिले संचालन गरेको पाइएको छ । यस्तै सोही पसलमा मिति नाघिसकेको औषधिहरु पनि बेच्न राखिएको पाइएकाले सिलबन्दी गरिएको अनुगमन टोली जनाएको छ । यस्तै सुन्दरदुलारीस्थित गोठगाउँमा रहेको गोठगाउँ फार्मेसीले फार्मेसीको इज्जाजत लिएर क्लिनिक संचालन गरिएको पाइएकाले सिलबन्दी गरिएको छ । टोलीले विराटनगरका स्वास्थ्य सँस्थाहरुको बुधबारदेखि नै अनुगमन सुरु गरेको हो । मोरङमा २ सय बढी क्लिनिक तथा ल्यावहरु बिना दर्ता संचालनमा आएको समाचार बाहिर आएपछि स्वास्थय मन्त्रालयले मोरङका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवको संयोजकत्वमा अनुगमन समिति बनएर अमुगनलाई तिव्रता दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्