बिराटनगर मङ्सिर ६ , बिराटनगरस्थित नेपाल विद्युत प्राधिकरण शाखाले विद्युत चुहावट रोक्न अभियानलाई तिव्रता दिएको छ । अभियान अन्तरगत केन्द्रले साउनदेखि कार्तिकसम्म विद्यत चोरी गर्ने , मिटरको सिल तोडेर बिजुली बाल्ने ५१ जनालाई कार्वाही गरेको प्राधिकरणले जनाएको छ । विद्युत चोरी गर्नेहरुबाट २ लाख ६१ हजार रुपैया जरिवाना असुल भएको कार्यालयले जनाएको छ । विराटनगर आसपासका गाउँमा यसरी विद्युत चुहावट बढी हुने गरेको छ ।