‘मङ्सिर अन्तिम सातादेखि गरिब परिचयपत्र बाँडिने’

<span class='c1'>‘मङ्सिर अन्तिम सातादेखि</span> <span class='c2'>गरिब परिचयपत्र बाँडिने’</span>

काठमाडौँ, ६ मङ्सिर । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।

गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकारी गराउनुभयो । उहाँले गरिबको पहिचान गरी परिचयपत्र बनाउने प्रक्रिया सुरु गरिसकिएको जानकारी गराउँदै भन्नुभयो, “सबै तयारी पूरा गरेर परिचय बनाउने कार्य हुँदैछ । अब चाँडै मन्त्रिपरिषद्बाट परिचयपत्र बाँड्ने निर्णय गर्छौँ ।

गरिब परिवारको पहिचान गर्न पहिलो चरणमा सरकारले जुम्ला, हुम्ला, मुगु भोजपुर, खोटाङ, सिरहा, सिन्धुली, रामेछाप, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, बाजुरा र बझाङ जिल्लामा गई सर्वेक्षण गरेको थियो । यसैगरी गोरखा, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, कालीकोट, कैलाली र कपिलवस्तुमा पनि सर्वेक्षण गरिएको थियो ।

बोर्डले पहिलो चरणमा ती २५ जिल्लाबाट १२ लाख ४० हजार ३५० घरघुरीको सर्वेक्षण गर्दा तीन लाख ३६ हजार ४१८ घरपरिवार गरिबीको रेखामुनि रहेको पहिचान गरेको हो । मन्त्री थानीले ती जिल्लामा गई परिचयपत्र वितरण गरिने बताउँदै ती पहिचान गरिएका गरिबलाई आयमूलक र सीपमूलक शिक्षा दिएर आत्मनिर्भर गराइने छ भन्नुभयो । उहाँले चालु आवमा बाँकी रहेका ५० जिल्लामा गरिबी पहिचान गरी काम सुरु हुने जानकारी गराउँदै अर्को वर्षसम्म सबै गरिबलाई परिचयपत्र वितरण गरिने बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्