बढेको तलब भत्ता भूकम्प पीडितलाई दिने सांसद गुरुङको घोषणा

बढेको तलब भत्ता भूकम्प पीडितलाई दिने सांसद गुरुङको घोषणा

काठमाडौं मंसिर ७, नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने घोषणा गरेका छन् ।संसदले आइतबार मात्र सांसदहरुको तलबसुविधा बृद्धिसम्वन्धी विधेयक पास गरेको थियो । र, बढेको तलब भत्ता अनुसार सांसदले महिनामा एक लाख बढी पाउनेछन् ।कांग्रेस संसद गुरुङले भने भूकम्पपछिको पुनर्निर्माण अघि बढ्न नसकेको र भूकम्प पीडितले राज्यबाट घोषित राहत समेत नपाएको भन्दै सांसदहरुले तलब सुविधा बृद्धि गर्नु संसदीय अभ्यास विपरित भएको बताएका छन् ।

उनले साविकको पारिश्रमिक, भत्ता एवं सुविधा बाहेक बृद्धि भएको रकम भूकम्प पीडितलाई राहतका लागि स्थापना गरिएको भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।उनले संसद सचिवालयलाई पत्र लेखेर आफ्नो बढेको तलब सिधै यो कोषमा जाने व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्