बिराटनगर मङ्सिर ८ , विराटनगर लगायत कोशी र सगरमाथा अञ्चलका जिल्लामा पुनः पेट्रोलियम पदार्थको अभाव सृजना भएको छ । ट्याङकर चालकहरुले सोमबारदेखि पुनः ढुवानी बन्द गरेको हुनाले अभाव सृजना भएको छ । ट्याङ्कर चालकहरुले विभिन्न १५ वटा माग राखेर ढुवानी बन्द गरेका हुन । पेट्रोलियम पदार्थको अभावले जनजीवन प्रभावित हुने भएको छ ।