दस वर्षपछि अनेमा संघको जिल्ला सम्मेलन हुने

<span class='c1'>दस वर्षपछि अनेमा संघको</span> <span class='c2'>जिल्ला सम्मेलन हुने</span>

बिराटनगर मङ्सिर ८ , नेकपा एमाले निकट अखिल नेपाल महिला संघको जिल्ला सम्मेलन हुने भएको छ । दस वर्षदेखि हुन नसकेको जिल्ला सम्मेलन यहि मङ्सिर १० र ११ गते हुनेभएको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन कोशीहरैचा नगरपालिका ३ स्थित जेसिज सामुदायिक भवनमा हुने भएको जानकारी आयोजकले दिएको छ । सम्मेलनमा सर्वसम्मतिले ४१ सदस्यीय समिति बनाइने यशोदा अधिकारीले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन गर्न एमाले महासचिव इश्वर पोखरेल , सचिव भीम आचार्य लगायतका नेता आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्