‘ट्यालेन्ट’ हन्टबाट बिराटनगरका तीन क्रिकेटर छानिए

<span class='c1'>‘ट्यालेन्ट’ हन्टबाट बिराटनगरका</span> <span class='c2'>तीन क्रिकेटर छानिए</span>

श्रीलंकामा डिसेम्बर ८-२२ सम्म आयोजना हुने यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टिम छनौट गर्न देशब्यापी रुपमा आयोजना गरिएको ‘ट्यालेन्ट’ हन्ट कार्यक्रमको नतिजा आज सार्बजनिक गरिएको छ l

काठमाडौँ, धनगढी, नेपालगंज, बिराटनगर, भैरहवा र कलैया गरि ६ ठाउँमा संचालन गरिएको ट्यालेन्ट हन्टमा सहभागी करिब ८०० जना खेलाडीहरु बाट जम्मा ५२ जना खेलाडीहरु छनौट गरिएको हो l ५२ जना मध्ये ८ जना खेलाडीहरु यस अघिको प्रतियोगितामा यु-१९ रास्ट्रिय टिमको क्याम्पमा राखिएको खेलाडीहरुलाई स्वतः छनौट गरिएको छ l त्यसबाहेक अन्य ४४ जना खेलाडीहरु यु-१९ क्याम्पमा नयाँ नाम हुन् l

आईसीसी प्रतिनिधि भेन्कटपथी राजुको निगरानीमा जगत टमाटा ( रास्ट्रिय टिम प्रशिक्षक ) र बिनोद दास ( यु-१९ नेपाल, प्रशिक्षक ) ले खेलाडीहरुको छनौट गरेका हुन् l

यु-१९ क्याम्पमा परेका ८ जना पुरानो नाम बाहेक अन्य ४४ जना खेलाडीहरु मध्ये बिराटनगरबाट ३ जना, कलैयाबाट ९ जना, धनगढीबाट  १० जना, काठमाडौँबाट ९ जना, नेपालगंजबाट ५ जना र भैरहवाबाट ८ जना छनौट भएका छन् l

छनौट भएका खेलाडीहरुलाई ४ टिममा बिभाजन गरि नोभेम्बर २५ देखि ३० सम्म ५० ओभरको ६ वटा खेल खेलाइनेछ l प्रत्येक टिमले ३/३ वटा खेल खेल्न पाउनेछन् जसमध्येबाट १९ जना खेलाडी दोश्रो चरणको लागि छानिने छन् l बन्दसत्रमा छानिएका खेलाडीहरु बिहिबार सम्म काठमाडौँ आईसक्नेछन् l

छनौट भएका खेलाडीहरु :- 

 

 

विकेट नेपालबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्