बिराटनगर मङ्सिर ९ , नेपाल प्राज्ञिक विद्यार्थी परिषद नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिराटनगरमा हुने भएको छ । बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै परिषदले मंसिर १० , ११ र १२ गते समितिको बैठक विराटनगरमा हुने जानकारी दिएको छ । उक्त बैठकमा देशभरका प्राज्ञिक केन्द्रीय सदस्यहरु उपस्थित हुने परिषदका सचिव युरेश अधिकारीले बताए ।