बिराटनगर मङ्सिर ९ , बिराटनगरका ट्यांकर चालकले विगत तीनदिन देखि ढुवानी रोकेकोमा बिहीबारदेखि ढुवानी सुचारु गर्ने भएका छन् । उनिहरुले विभिन्न माग राखेर आन्दोलन गरेका थिए । उनिहरुले नेपाल आयल निगलका पदाधिकारीसंग भएको छलफलपछि ढुवानी सुरु गर्ने भएको हुन । आयल निगमका क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले मजदुरका माग सम्बोधन हुने क्रममा रहेको बताएका छन् । ढुवानी रोकिएपछि बिराटनगर लगायत पुर्वमा पेट्रोलियम पदार्थको अभाव भएको थियो ।