बिराटनगर मङ्सिर ९ , लायन्स क्लब अफ शुभम्को आयोजनामा बिराटनगरको एम्स कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा कलेजका विद्यार्थी , प्राध्यापक तथा लायन्सका सदस्यहरुले रक्तदान गरेका थिए । बिराटनगरमा पछिल्लो केही दिन यता रगतको अभाव देखिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाकि अध्यक्ष सपना रिजालले बताउनुभयो ।