मोरङमा ११ जना कृषकहरुलाई धान काट्ने मेसिन प्रदान

<span class='c1'>मोरङमा ११ जना कृषकहरुलाई</span> <span class='c2'>धान काट्ने मेसिन प्रदान</span>

बिराटनगर मङ्सिर ९ , जिल्ला कृषि विकास कार्यालय मोरङले यसपटक ११ जना कृषकहरुलाई धान काट्ने मेसिन प्रदान गरेको छ । कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत अनुदानमा कार्यालयले सो उपकरण प्रदान गरेको हो ।
कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत दुई सयभन्दा बढीले पावर टिलरका लागि आवेदन दिएको कार्यालयले जनाएको छ । ५७ जनाले धान काट्ने र रोप्ने मेसिन खरिदका लागि दिएको आवेदनमा ११ जनालाई धान काट्ने मेसिन उपलब्ध गराइसकेको र अब अर्काे चरणमा अन्यलाई मेसिन प्रदान गरिने कृषि प्रसार अधिकृत सत्यदेव मण्डलले जानकारी दिनुभयो । त्यस्तै साना सिंचाइ कार्यक्रमअन्तर्गत खुलाइएको आवेदन फारम एक सय २७ जनाले भरेको कार्यालयले जनाएको छ । त्यसमध्ये कार्यालयले आवश्यकताअनुसार २६ जनालाई पानी तान्ने मटर, कुलो मर्मत, पम्पसेट प्रदान गर्ने जनाएको छ । त्यस्तै जनकपुर कृषि विकास आयोजनाको सहयोगमा मोरङमा बोरिङका लागि आवेदन खुलाइएकोमा जिल्लाका ५३ वटा कृषक समूह तथा सहकारीले आवेदन भरेको कार्यालयले जनाएको छ । कार्यालयले त्यसमध्ये ३१ वटा समूहलाई सिफारिस गरेर पठाइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्