विराटनगरको विकास निर्माणमा तीव्रता दिन ध्यानाकर्षण

<span class='c1'>विराटनगरको विकास निर्माणमा</span> <span class='c2'>तीव्रता दिन ध्यानाकर्षण</span>

बिराटनगर मङ्सिर ८ , नेपाली कांग्रेस नगर कार्यसमितिले विराटनगरको विकास निर्माणमा तीव्रता दिन उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस नगर सभापति भीम पराजुलीको नेतृत्वमा गएको टोलीले कार्यकारी अधिकृत दीपक कोइरालाई नगरक्षेत्रको विकास निर्माण र नगरभित्रका समस्या समेटिएको बुँदागत ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझाउँदै सभापति पराजुलीले विकास निर्माणको नाममा नगरबासीले लामो समयदेखि धुलाम्मे र हिलाम्मे सडकको पीडा खेपिरहे पनि उपमहानगरपालिकाले निर्माणको कामलाई तीव्रता नदिएको आरोप लगाउनुभयो ।
कार्यकारी अधिकृतलाई बुझाइएको ध्यानाकर्षणपत्रमा विकास निर्माणको कामलाई तदारुकताका साथ अघि बढाइनुपर्ने, धरानरोडअन्तर्गत बिजुली अफिस दक्षिण शिव मन्दिरसम्मको बाटोमा सिबरेजको व्यवस्था नगरिएकाले धुलोको समस्याले उक्त सडक भएर आवागमन गर्न समस्या हुनुका साथै छेउछाउका स्थानीयबासी श्वासप्रश्वासको समस्याले पीडित हुनु परेको उल्लेख गरिएको छ । उक्त क्षेत्रमा दैनिक बिहान–बेलुका दमकलबाट पानी पटाउने व्यवस्था गर्न माग गरिएको छ । ध्यानाकर्षणपत्र बुझेपछि कार्यकारी अधिकृत कोइरालाले विकास निर्माणको काम तीब्रता दिइसकिएकाले नगरबासीले अब धेरै दुःख पाउनु नपर्ने दाबी गर्नुभयो ।
ध्यानाकर्षणपत्र बुझाउन सहभागी भएका कांग्रेसको २२ वटै वार्डका सभापति र जिल्ला कार्यसमितिका पदाधिकारीहरुले नगरक्षेत्रका विभिन्न समस्या उठान गरेका थिए । उहाँहरुले उपमहानगरपालिकाले फोहोर र सडक बिजुलीको समुचित ब्यवस्थापन गर्न नसकेको गुनासोसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्