रोट्ररी क्लब विराटनगर सेन्ट्रलले विराटनगरको कोचाखलमा रहेको श्री प्राथमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
नोबेल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा विद्यालयका बालबालिकाका साथै स्थानीयहरुको पनि स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा नोबेल अस्पतालका फिजिसियन डाक्टर आशिष श्रेष्ठ, बालरोग बिशेषज्ञ डाक्टर शिखा रिजाल, स्त्रीरोग विशेषज्ञ डाक्टर उपासना कोइराला, डेन्टल सर्जन डाक्टर नवनिहित साह लगायते सेवा दिनुभएको थियो । सो अवसरमा विद्यालयका विद्यार्थीहरुलाई कपडा, जुत्ता र विस्कुट लगायतका सामान पनि वितरण गरिएको थियो ।