मोरङ, मंसिर ९ गते।
मोरङको विराटनगर-६ स्थित मुनाल पथमा बुधबार को २१ प ५४५५ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा स्कुटर चालक विराटनगर-५ बस्ने शैलेश भट्टराई र पछाडी सवार सोही ठाउँका ३० बर्षिय केवल देवान रहेका छन्। घाइते दुवैजनाको विराटनर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ।