बिराटनगर मङ्सिर ९ ,
बिराटनगरमा बिमारी सभासदको लागि आर्थिक रकम संकलन गरेको छ । बिराटनगर नागरिक समाजको आयोजनामा बिराटनगरको ट्राफिक चोकमा "भोका नांगा सभासदको लागि आर्थिक संकलन" लेखिएको ब्यानर लिएर आर्थिक रकम संकलन गरेको थियो । उक्त कार्यक्रम सभासदले भर्खरै आफ्नो तलब बढाएको बिरुद्ध व्यंग्य गरिएको आयोजक उत्तम ढुंगेलले बताए । बिराटनगर नागरिक समाजले आर्थिक सकम संकलनमा रु ६०१ रुपैया संकलन गरेको र उक्त रकम सभासदलाई पठाइने पनि ढुंगेलले जानकारी दिए ।