विराटनगरमा ट्याक्टरको ठक्करबाट फारुक मियाको मृत्यु

<span class='c1'>विराटनगरमा ट्याक्टरको ठक्करबाट</span> <span class='c2'>फारुक मियाको मृत्यु</span>

बिराटनगर मङ्सिर १० , मोरङको विराटनगर-५ स्थित भित्री सडक खण्डमा को १ त ४१७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सुनसरी सितापुर-३ बस्ने ३० बर्षिय फारुक मियाको मृत्यु भएको छ।

हिजो साँझ ५ बजेतिर ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका मियाको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको हो। ठक्कर दिने ट्याक्टरका चालक फरार छन् भने उनको प्रहरीबाट खोजी भइरहेको छ। त्यस्तै सिरहाको लहान-११ मा स ४ प ४३०१ नम्बरको मोटरसाइकल र ना ३७ प ८३०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुवै मोटरसाइकलमा सवार कल्याणपुर-८ बस्ने अशोक कुमार साह, लहान- १४ बस्ने बिधादेवी साह, सोही ठाउँकी पुनमदेवी साह र राजविराज-८ बस्ने रुपेश यादव घाइते भएका छन्। घाइतेहरुको विराटनगर र लहानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्