बिराटनगरको नमूना विद्या मन्दिरमा प्रहरीको सचेतना

<span class='c1'>बिराटनगरको नमूना विद्या</span> <span class='c2'>मन्दिरमा प्रहरीको सचेतना</span>

विराटनगर, मंसिर १० गते।

प्रहरी मेरो साथी” अभियान अन्तरगत शुक्रबार बिराटनगर ११ मधुमारास्थित नमूना बिधा मन्दिरमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटगनरबाट खटिएको टोलीले प्रहरी-नागरिक हातेमालो कार्यक्रम कार्यक्रम अन्तरगत उक्त बिधालयको कक्षा ९ मा अध्ययनरत ७८ जना भाई बहिनीहरुलाई घरेलु तथा महिला हिंसा, ईन्टरनेटको प्रयोग तथा साइबर क्राईम, बाल अधिकार तथा बाल बिज्याँई जस्ता विषयमा श्रव्य दृश्यसहित चेतनामुलक प्रशिक्षण दिएका छन्।

उक्त प्रशिक्षणलाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरिक्षक कृष्ण कुमारी अधिकारी र प्रहरी जवान ओमराज पौडेलले सहजीकरण गरेका थिए।

क्षेत्रीय प्रहरी कार्यालयको आयोजनामा यसअघि मंसिर ८ गते पनि बिराटनगर २० स्थित मिल्स माध्यमिक विधालयका ८२ बिधार्थीहरुलाई सोही अनुरुपको प्रशिक्षण दिईएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्