बिराटनगर मङ्सिर १२ , बिराटनगर-१८ जतुवामा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य मृतुञ्जय झा आफ्नै पार्टीका पुर्व मोरङ अध्यक्ष उमेश यादवबाट कुटिएका छन् । शनिबार साँझ झालाई यादवको समुहले कुटपिट गरेको फोरम मोरङले जनाएको छ । कुटपिटबाट झाको अनुहारमा गम्भीर चोट लागेको छ । घाइते झाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उमेश यादवलाई पार्टीले कार्वाही गरेपछ उनी पार्टी विरुद्ध हुदै आएका छन् ।