विराटनगरमा जारी क्लबस्तरीय क्रिकेटमा मोति म्यान अफ दि म्याच घोषित

<span class='c1'>विराटनगरमा जारी क्लबस्तरीय क्रिकेटमा मोति</span> <span class='c2'>म्यान अफ दि म्याच घोषित</span>

विराटनगर मङ्सिर १२ , विराटनगरमा धेरै समयको अन्तरालपछी क्लबस्तरीय २०-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा डिग्री कलेजको मैदानमा प्रतियोगिता हुदै छ ।

हिजो भएको पहिलो खेलमा युथ क्रिकेट क्लब (वाइसीसी) विराटनगरले फर्जिन्द क्रिकेट क्लब (एफसिसि) लाई ४९ रनले पराजित गरेको छ  । टस जितेर पहिले ब्याटिङ गरेको वाइसीसीले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ६२ रनको बनाएको थियो । वाइसीसीका लागि रितेश माझीले सर्वाधिक ३४ रन जोडेका थिए भने अमित यादवले ३१ तथा कप्तान मोति चौधरीले २१ रन बनाएका थिए । जवाफी व्याटिङमा उत्रिएको फर्जिन्द क्रिकेट क्लब १ सय १३ रनमा अलआउट भएको थियो । फर्जिन्द क्रिकेट क्लबका लागि आसिफ रजाले ४६ रन बनाएका थिए ।

वाइसिसिको जितमा  कप्तान मोति चौधरी ३ विकेट लिएर प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगितामा मोरङ, सुनसरी र झापाका ६ वटा टोलीको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्