विवाह पञ्चमी महोत्सव सुरु

<span class='c1'>विवाह पञ्चमी</span> <span class='c2'>महोत्सव सुरु</span>

धनुषा , मङ्सिर। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजदेखि विवाह पञ्चमी महोत्सव सुरु भएको छ ।

त्रेतायुगमा ।श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । यस वर्ष महोत्सव मङ्सिर २० गतेसम्म चल्ने छ ।

मेलामा भिडभाडलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जनाएको छ । महोत्सवका लागि जानकी मन्दिर, राम मन्दिरसहित जनकपुरलाई नवबेहुली झँै सजाइएको छ ।

महोत्सव सम्पन्न गर्न प्रजिअ दिलीप चापागार्र्इंको नेतृत्वमा मूल समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको जानकारी मन्दिरका महन्थ रामतपेश्वर दासले दिनुभयो ।

सप्ताहव्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन शुभविवाह र सातौँ दिन राम कलेवा आयोजना गरिन्छ । महोत्सवका अवसरमा जानकी मन्दिरमा धार्मिक कथा वाचन तथा राम लीला र झाँकी पनि प्रदर्शन गरिन्छ ।

मेला हेर्न बाहिरबाट आउने दर्शकका गाडी पार्किङका लागि चक्रपथभन्दा बाहिर व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । महोत्सवमा सहभागी हुन भारत, अयोध्याबाट हजारौँ दर्शनार्थी जनकपुर आउने गर्छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्